राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब २१ करोड डुबेको ऋण उकास्यो

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले नाफा बृद्धि गरेको छ। बैंकले गत बर्षभन्दा ३० प्रतिशतले नाफा बृद्धि गरेको हो । यसपाली तीन अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ।

अघिल्लो आर्थिक बर्षमा बैंकले दुर्इ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ६ अर्ब ९७ करोड रुपैयाँ थियो । यससँगै बैंककले गत आर्थिक बर्षमा डुवेको एक अर्ब २१ करोड रुपैयाँ ऋण उकासको छ । बैंकले गत आर्थिक बर्षमा एक खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ।

बैंकको गत आर्थिक बर्षमा पूँजी कोष अनुपात १०.४६ प्रतिशतबाट बढेर ११.८३ प्रतिशत पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *