बाढी पीडितहरुको लागि राहत सङ्कलन
“
विपिन शर्मा, मकालु खबर । रत्ननगर उद्योग सङ्घले बाढी पीडितका लागि राहात सङ्कलन गरेको छ । सङ्घले रत्ननगरका व्यवसायीबाट ७५ हजार ४६ रुपैयाँ सङ्कलन गरिएको सङ्घका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । सङ्कलन गरिएको राहात स्थानीय सरकारको रूपमा रहेको रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिने सङ्घका अध्यक्ष रेग्मीले बताए ।
सङ्घले अविरल वर्षाका कारण आएको बाढीका कारण बस्ने ठाउँ“ तथा खाना लाउन समेत समस्या परेको हुनाले यसलाई सहजताका लागि राहत सङ्कलनमा जुटेको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घ र यस क्षेत्रका निजी क्षेत्रहरू प्राकृतिक विपत्तिका बेला सदैव खुला ह्दयले सहयोग गर्दै आईरहेकोमा यस पटक पनि सहयोग गर्ने अभियानमा रहेको छ ।
अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण हालसम्म सयौँ नागरिकको मृत्यु हुनुका साथैं यस क्षेत्रमा रहेका पर्यटन व्यवसाय, कृषिजन्य (पोल्ट्री, मत्स्य, केरा) लगायतका व्यवसायीहरुमा ठुला क्षति पुग्न गएको हु“दा को पहलमा बाढीमा परेर समस्यामा परेकाहरुको सहयोगका लागि राहत सङ्कलन गरिएको सङ्घले जानएको छ ।
“