‘टाइगर जिंदा है’ को सेटबाट लिक भयो सलमान–कट्रिनाको यस्तो तस्बिर

एजेन्सी । सलमानन खान र कट्रिना कैफ आफ्नो आगामी फिल्म ‘टाईगर जिंदा है’ को सुटिङमा ब्यस्त छन् । उसो त सलमानको फिल्म भन्ने बित्तिकै फ्यानहरुको एकदमै ठुलो क्रेज हुन्छ त्यसमाथी कट्रिना थपिईसकेपछि फिल्मको क्रेज अझ झन् बढ्ने नै भयो । फिल्म ‘टाईगर जिंदा है’ को सेटबाट सलमान र कट्रिनाको केहि रोमान्टिक फोटोहरु बाहिर आएको छ, जसमा उनीहरुको गज्जबको केमेस्ट्री देखिएको छ । ‘टाइगर जिंदा है’ सन् २०१२ मा आएको फिल्म ‘एक था टाइगर’ को सिक्वेल हो ।

फिल्मको लागि सलमान र कट्रिना भारतभन्दा बाहिर गएर सुटिङ गरिरहेका छन् । यो भन्दा पहिला पनि फिल्मको केहि तस्विरहरु बाहिर आएको थियो तर यो तस्विर भने बिशेष रहेको छ । यो तस्विरमा सलमान र कट्रिना एकदमै नजिक भएर रोमान्टिक मुडमा देखिएका छन् ।

फिल्ममा सलमान र कट्रिना आफैँले धेरै स्टन्टहरु गरेको देख्न सकिने छ । यसकारण दुवै स्टारहरुले खुब पसिना बगाईरहेका छन् भने नयाँ नयाँ सीपहरु पनि सिकिरहेका छन् । यसको प्रिक्वेल फिल्म ‘एक था टाईगर’ ले बक्स अफिसमा पनि राम्रो छाप छोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *