बैंकमा पैसा राखेर २० वर्षसम्म नचलाए सरकारको हुने

साउन ३२, काठमाडौं । बैंकमा पैसा राखेकै छु भनेर २० औं वर्षसम्म खाता नचलाइकन आनन्दले बस्नुभएको छ ? यसरी बैंकमा खाता खोलेर २० वर्षसम्म नचलाइकन राख्नुभयो भने त्यो पैसा सरकारको हुने भएको छ । तर, बैंक खाता निष्क्रीय बनाउनु भएको छैन भने तपाईंको पैसा कसैले पनि लान सक्दैन । आफ्नो खातालाई सक्रिय बनाउनका लागि समय समयमा खाता नविकरण गरिरहनुपर्ने हुन्छ । त्यस्तै, बेलाबखत आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरिरहनु भयो भने पनि तपाईंको खाता निष्क्रिय हुँदैन ।

तर, तपाईं बैंकमा खाता खोलेर पैसा राख्नुभयो अनि बुढेशकालमा झिकौंला नि भनेर ढुक्कसँग बस्नुभयो भने तपाईंको खाताको पैसा सरकारले लानेछ । तर नडराउनुहोस्, तपाईंलाई कुनैपनि पूर्वसूचना नदिइकन सरकारले तपाईंको पैसा लान पाउने छैन ।

तपाईंले बैंकमा पैसा राख्नुभयो अनि १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदाबी परेको छैन भने सम्बिन्धत बैंकले त्यस्तो प्रत्येक खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंक पठाउनुपर्ने छ ।

यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रत्येक ५ वर्षमा १ पटक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नेछन् । त्यति मात्रै होइन सो सम्बन्धि विस्तृत विवरण बैंकले आफूसँग समेत राख्नुपर्नेछ ।

तर, यसो गर्दा पनि तपाईं वा तपाईंका हकदार २० वर्षसम्म तपाईंको खाताको पैसा बुझ्न गएनन् भने तपाईंको खातामा भएको रकम राष्ट्र बैंकको बैैंकिङ विकास कोषमा जम्मा गर्नुपर्ने छ । राष्ट्र बैंकले मंगलबार सार्वजानिक गरेको एकीकृत निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *