महेन्द्र राजमार्ग २४ घण्टा बन्द

 काठमाडौं, साउन ३२ । विगत ६ दिनदेखि अवरुद्ध हमेन्द्र राजमार्गको दुम्किबास दाउन्ने सडकमा २४ घण्टा आवागमन बन्द गरिने भएको खबर आजको कान्तिपुरमा छ ।

पहिरो गएको र सडक भासिएका कारण अवरुद्ध सडक चाँडो निर्माण गर्न मंगलबार राति १० बजेबाट बुधबार राति १० बजेसम्म यातायात बन्द  गरिने भएको हो ।

प्रजिअ उदयबहादुर रानाले अवरुद्ध सडकमा नियमित काम गरी दोहोरो यातायात सञ्चालन गर्न सडक अवरुद्ध गरिएको बताए ।

त्यस अवधिमा पैदलयात्री हिँड्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *