अमेरिकी राष्ट्रपति ट्रम्पलाई तालिबानको खुलापत्र

काठमाडौं, साउन ३२ । अफगानिस्तानमा सक्रिय लडाकु संगठन तालिबानले अमेरिकालाई अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजान आग्रह गरेको छ ।

 तालिबानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको खुला पत्रमा अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सेना फिर्ता बोलाइ अमेरिकी तथा अफगानी नागरिकको जीवन रक्षाका लागि आह्वान गरिएको छ । त्यस्तै अफगानिस्तानमा युद्धको रणनीति त्यागेर अफगानी नागरिकसँग प्रत्यक्ष तथा शान्तिपूर्ण वार्ताको लागि पनि आह्वान गरिएको छ । पत्रमा उसले अफगानी नागरिकसँग बाहेक भ्रष्ट राजनीतिज्ञसँग वार्ता नगर्न आग्रह गरेको छ । सम्झौताको भाषामा लेखिएको पत्रमा तालिबानले ट्रम्पलाई विगतमा गरिएका गल्तिको समीक्षा गर्न पनि आग्रह गरेको अलजजिराले जनाएको छ । अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा सैन्य कारवाही सुरु गरेको थियो । खुलापत्र बारे अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *