२३ दिनदेखि अनसनरत डा.गोविन्द केसीकाे अनसन स्थागित

काठमाडौं, साउन ३१ । २३ दिनदेखि अनसनरत डा.गोविन्द केसीले अनसन स्थागित गर्नु भएको छ । तराई मधेसमा बाढी पहिरो प्रभावितको राहत र उद्धारमा सहयोग गर्ने भन्दै केसीले आज बेलुकी अनसन स्थगित गर्नु भएको हो । स्वास्थ्य अवस्था खराव भएर आइसियुमा उपचार गराउनुपर्ने अवस्था आएपनि डाक्टर केसीले त्यसलाई अस्वीकार गर्दै आउनु भएको थियो ।

आफुले राखेका मागमा सरकार गम्भिर हुनुको साटो चलखेल गरेर उम्किन खोजेको भन्दै तत्कालका लागि अनसन स्थागित गर्नु भएको डा.केसीका प्रतिनिधि अभिषेक सिंहले जानकारी दिनुभयो । चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डाक्टर केसीको छातीको दुखाइ बढेपछि उपचारमा संलग्न चिकित्सकले आइसीयूमा लैजाने तयारी गरे पनि डाक्टर केसी नमान्दा जोखिम बढेको थियो । सरकारी वार्ता समितिले चिकित्सा शिक्षा ऐन मात्र नभई अन्य विषयमा समेत छलफल प्रयास नगरेपछि बाध्य भएर अनसन स्थगित गर्नुपरेको उहाँले बताउनुभयो ।

सरकारले माथेमा कार्यदलको सुझाव अनुसार चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित गरेर संसदमा पेश गर्ने तयारी गरेको थियो । तर उहाँले विना शर्त अनसन स्थागित गर्नु भएको हो । डाक्टर केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेको यो ११ औं पटक हो । उस्तै मागका लागि यसअघि दस पटक गरी एक सय ४० दिन अनशन बसिसकेका डाक्टर केसीको ११ औं अनशन अहिलेसम्मकै लामो भएको थियो । उहाँको १० औं अनशन २२ औं दिनमा तोडिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *