७ दिनभित्र राजधानीका सडकमा लत्रिएका तार हटाउन सन्चारमन्त्री बस्नेतको निर्देशन

काठमाडौं, साउन ३१ । सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् ।

सन्चार मन्त्रालयलको समन्वयमा मंगलबार राजधानीमा भएको छलफलमा मन्त्री बस्नेतले अनावश्यक तारहरु व्यवस्थापन गर्न वा हटाउन निर्देशन दिएका हुन् ।

त्यसको सुरुआत सन्चार मन्त्रालयले नै गर्नुपर्ने पनि उनको भनाइ थियो ।

बैठकले अव्यवस्थित र अनावश्यक तारहरु नहटाउने केवल टीभी तथा आइएसपीसँग विद्युत् प्राधिकरण र नेपाल टेलिकमले आगामी कात्तिक १ गतेदेखि सम्झौता भंग गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, प्रत्येक तारको २/२ मिटरमा पहिचान हुने गरी कम्पनीको पहिचान चिह्न वा ट्याग १५ दिनसम्म राख्नसमेत निर्देशन दिइएको छ ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले कुनैपनि निकायबीच समन्व्य हुन नसक्दा समस्या उत्पन्न भएको बताए ।

सो अवसरमा नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले उपत्यकामा नेपाल टेलिकम भन्दा पनि इन्टरनेटलगायत सेवा प्रदायक कम्पनीका तारहरु लथालिंग अवस्थामा रहेको बताएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *