नवजात शिशु मृत फेला, कोशी नदीमा बालकको शव

राजविराज, ३१ साउन । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् ।

रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।

खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो । स्थानीय स्वास्थ्य चौकी, सीतापुरमा राति करिब १२ बजे सरस्वती सुत्केरी भई शिशुलाई सकुसल घर लगेकी थिइन् ।

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा ल्याइएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ उप्रेतीले भन्नुभयो ।

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा पनि एक बालकको शव फेला परेको छ ।

स्थानीयवासी आठ वर्षीय कमल सदा मृत फेला परेका छन् । पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *