तराईमा बर्सेनि हुने डुबानको समस्या समाधान गर्न भारत गम्भीर हुनुपर्ने

साउन ३०, मकालु खबर । प्रमुख दलका नेताहरूले तराईमा बर्सेनि हुने डुबानको समस्या समाधान गर्न भारत गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । काँग्रेस नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका उपाध्यक्ष भीम रावल र नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले तराईका अधिकांश भागमा हुने गरेको डुबानको समस्या समाधान गर्न भारत सरकार गम्भीर हुनुपर्ने धारणा राखेका हुन् ।

काँग्रेस नेता एवम् पूर्व परराष्ट्रमन्त्री महतले भारतीय पक्षबाट बाँध बाँधेका कारण पनि नेपालको तराईको भूभागमा डुबानको समस्या गम्भीर बन्न गएको उल्लेख गर्दै समस्या समाधान गर्न भारतसँग पनि आग्रह गरिने बताए । सोमबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सिमावर्ती क्षेत्रमा हुने डुवान समस्या समाधान गर्न दुवै मुलुकले तत्काल स्थलगत अवलोकन गरेर समस्या समाधानको उपायको खोजी गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको तराई क्षेत्रको डुबान समस्या भारतले सिमावर्ती क्षेत्रमा बनाएको बाँधको कारण गम्भीर बन्न गएको आरोप लगाए । उनले नेपालको भूमि डुबान हुने समस्या समाधान गर्न भारत सरकारसँग आग्रह पनि गरे ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपाली भूमिमा डुवानको समस्या हुने गरेकाले समाधानका लागि भारतीय पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । उनले भारतले बाँधेका बाँधका कारण नेपाली भूमिमा डुवानको समस्या झनै गम्भीर बन्न गएको उल्लेख गर्दै ती समस्या समाधान गर्न दुवै देश सर्तक हुनुपर्ने आवश्यक्ता पनि औल्याए । उपनेता रायमाझीले तराईको डुवान समस्या समाधान गर्न र त्यसबाट हुने क्षति न्यूनिकरण गर्न नेपाल–भारत दुवै मुलुकको संयुक्त पहलको आवश्यक्तामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *