‘हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’ भन्ने नारा सहित पर्यटन वर्ष घोषणा

साउन ३०, काठमाडौं । सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएको छ । उक्त प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत् आइतबार मन्त्रीपरिषद् पठाइएको हो । विगतको सरकारले बिना तयारी सन् २०१८ लाई भ्रमण वर्ष मनाउने भनेता पनि तयारी नपुग्ने भएपछि सरकारले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने भएको हो ।

सन् २०१८ देखि अभियान सुरु गर्ने र सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तय भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिए । सन् २०२० मा हाल १२ दिनको पर्यटको बसाई अवधीलाई लम्बाएर १५ दिने पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिएको छ । त्यस्तैगरी, सन् २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । हाल उक्त योगदान २ प्रतिशत मात्रै रहेको छ । साथै विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य लिएको प्रवक्त उपाध्ययले जानकारी दिए ।

केही दिनपछि मन्त्रीपरिषद्ले नेपाल भ्रमण वर्ष अयोजक समिति गठन गर्ने समेत प्रवक्ता उपाध्ययले जानकारी दिए । नेपाल भ्रमणको नारा भने ‘हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’ तय गरिएको छ । सरकारले कार्यान्वयनमा ल्याएको १० वर्षे पर्यटन रणनीति अन्तर्गत भ्रमण वर्ष मनाउन लागिएको प्रवक्ता उपाध्ययले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय नेपाल पर्यटन बोर्डलाई तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *