मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सुर्खेत र दैलेखमा विद्युत् सेवा अवरुद्ध, ‘मर्मत टोली अलपत्र’

सुर्खेत, साउन २९ । सुर्खेत र दैलेखको विद्युत सेवा गए रातिदेखि अवरुद्ध भएको छ । सुर्खेत–कोहलपुर प्रशारण लाइनको बीचमा वर्षाले तार र खम्बामा क्षति पुर्‍याउदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण, सुर्खेत वितरण केन्द्रका सुपरभाइजर विजेश रन्जितका अनुसार विद्युत् सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने पत्ता लाग्न सकेको छैन् । चेपाङस्थित बबई नदीमा आएको बाढीले बिजुलीको खम्बा बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

अवरुद्ध विद्युत सेवा सुचारु गर्न गएको टोली राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरोले रोकिएको सुपरभाइजर रन्जितले बताए । भारी वर्षा र पहिरोका कारण मर्मत टोली अलपत्र परेको उनको भनाइ छ ।

प्रतिकृयाहरु
Loading...