राजपा नेपाललाई नयाँ चुनाव चिन्ह दिन मिल्दैन : निर्वाचन आयोग

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २९ । निर्वाचन आयोगले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई नयाँ चुनाव चिन्ह दिन नसकिने स्पष्ट पारेको छ ।
प्रधानमन्त्री शेरवहादुर देउवाले आइतबार बोलाएको सत्तारुढ दल, राजपा र निर्वाचन आयोगका पदाधिकारीबीचको बैठकमा आयोगले मतपत्र छपाईका काम सम्पन्न भईसकेकाले नयाँ चुनाव चिन्ह दिन नसकिने जनाएको हो ।
राजपाका नेताहरुले भने चुनाव चिन्ह पाउनु संवैधानिक अधिकार भएको जिकिर गरेका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले आगामी मंगलबार संशोधन विधेयकलाई मतदानमा लैजाने आश्वासन दिएको पनि राजपा नेताहरुले बताएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित