राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७४ बाट कमली सम्मान

साउन २९, मकालु खबर । राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४ बाट पत्रकार राजेश्वर कमली सम्मनित भएका छन् । सञ्चार विधामा महत्त्वपूर्ण योगदान पुर्याएकाले कमलीलार्इ सम्मान गरिएको हो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय एवम् राष्ट्रिय युवा परिषदको आयोजनामा सम्पन्न कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी मार्फत सम्मान गरिएको हो ।

कमली “”Youth TV Show”” कार्यक्रम अन्तर्गत राष्ट्रका ७५ युवा संस्था भन्ने कार्यक्रमको निर्देशक एवम् प्रस्तोता हुनुहुन्छ । जुन कार्यक्रमले ग्रामीण भेग एवम् सहरमा उत्कृष्ट काम गर्ने युवा संस्थालाई टेलिभिजन मार्फत प्रसारण गर्ने गर्दछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *