बाढी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ६४

काठमाडौँ, साउन २९ । बाढी पहिरोबाट विभिन्न जिल्लामा अहिलेसम्म ६४ जनाको ज्यान गएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ६४ पुगेका जनाएको छ ।

गृहमन्त्रालयले बताएअनुसार बाढी, पहिरो र डुबानमा परेर ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएको उल्लेख गरेको छ ।

आयोगले झन्डै १९ हजार घरपरिवार विस्थापित भएका, ७ सय २८ घरहरू पूर्णरुपमा क्षति भएका तथा २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको जानकारी गराएको छ ।

बाढी, पहिरो तथा डुबानमा परेका परिवारसमक्ष प्रभावकारी ढङगले राहत पुग्न नसकेको बताइन्छ । गृहमन्त्रालयले दिएको आइतबार १ बजेको तथ्याङ्कअनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् । १ हजार घर पूर्ण क्षति ३ सय ९७ पशु चौपाया मरेका गृहमन्त्रालयको तथ्याङ्कमा देखिएको छ । त्यस्तै,हजारौँ परिवार विस्थापित भएका छन् ।

सुनसरीमा ८ र रौतहट ७, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४,सुर्खेत, बाँके र झापामा ३÷३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *