फेरि ढले कपिल शर्मा, शूटिङ भयो रद्द

एजेन्सी । कपिल शर्मालाई आजकल सञ्चो छैन । त्यसैले उनी लगातार केही दिनयता शूटिङ रद्द गरिरहेका छन् । ‘जब ह्यारी मेट सेजल’ को प्रवर्द्धन गर्न आएका शाहरुख खान र अनुष्का शर्मा अनि ‘मुबारकाँ’ का अर्जुन कपूर र अनिल कपूर पनि कपिलको शोमा आउँदा उनी बेहोश भएका कारण त्यत्तिकै फर्केका थिए ।

‘ड्याडी’ फिल्मको प्रमोसनका लागि आएका अर्जुन रामपाल र ऐश्वर्या राजेश पनि खाली हात फर्कनुपरेको खबर आएको छ । शूटिङ शुरु हुनै लाग्दा कपिलले आफू सञ्चो नभएको बताएपछि उनीहरू हिस्स परेर फर्केका थिए ।

यसैबीच, कपिलले आफ्नो हामे प्रोडक्सनमा बनेको फिल्म फिरंगीको रिलिज डेट घोषणा गरेका छन् । नोभेम्बर १० मा यो फिल्म हलहरूमा लाग्नेछ ।

कपिलले नेटफ्लिक्समा एउटा स्ट्यान्डअप कमेडी सिरिज पनि गर्ने कुरा चलिरहेको छ । सोनी च्यानलसँग उनको सम्झौता पनि नवीकरण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *