तराईमा डुवान अनि पहाडलार्इ रुवाई दिन्छ ।।

लक्ष्मी पाण्डे

हरेक साल प्रकृति कति निष्ठुर बनेर आईदिन्छ ।।
तराईमा डुवान अनि पहाड खसेर रुवाई दिन्छ ।।

दैबी बिपत्तीहरु हाम्रै लागि आए जस्तो लाग्छ ।।
गरिब किसान कै झुपडीहरु सारा बगाईदिन्छ ।।

कैयौं दिन भयो दिन अनि रातहरु रोईरहेछन ।।
हरेक बस्ति उजाडिने गरि बर्षातले डुबाईदिन्छ ।।

पहाड रोईरहेछ यतिबेला पहिरोको बज्रपातले ।।
यता कहाली लाग्दो गरि कोशी सुसाईदिन्छ ।।

होईन कस्तो बिपत्ती रच्यौ प्रकृति तिमिले यहाँ ।।
निमुखा कै बस्ती र परिवारलाई छिनाईदिन्छ ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *