जनताको आम्दानी ४ गुणाले वृद्धि, हिमालयनको नाफा २ अर्ब माथि

साउन २९, काठमाडौं । हिमालयन बैंकले एक बर्षमा २४ करोड रुपैयाँ भन्दा बढी नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा दुर्इ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको हो ।  बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी तीन अर्ब ७६ करोड रुपैयाँ गरेको थियो भने अघिल्लो आर्थिक वर्षको आम्दानी तीन अर्ब ४४ करोड रुपैयाँ थियो । बैंकले गत आर्थिक वर्षमा ९२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ७७ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा पूँजी कोष अनुपात बढाएको छ । बैंकको एक आर्थिक वर्षमा पूँजी कोष अनुपात १०.८४ प्रतिशतबाट बढेर १२.२३ प्रतिशत पुगेको छ । बैंककले खराब कर्जामा पनि सुधार ल्याइ एक आर्थिक वर्षमा १.२३ प्रतिशतबाट घटेर ०.८७ पुर्याएको छ । बैंकको प्रति शेयर आम्दानी ३३ रुपैयाँ रहेको छ । यसैगरी, जनता बैंकले पनि अघिल्लो आर्थिक वर्षको भन्दा चार गुणा बढीले नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा ६४ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । भने, अघिल्लो आर्थिक वर्ष १३ करोड ३६ लाख रुपैयाँ थियो ।
बैंकले गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी एक अर्ब १४ करोड रुपैयाँ गरेको छ । साथै बैंकले ४१ करोड ८ लाख रुपैयाँ राइट ब्याक गरेको छ । बैंकले गत आर्थिक वर्ष ४८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४५ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले एक आर्थिक वर्षमा दुर्इ अर्ब ३० करोडको चुक्ता पूँजी बढाएर छ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ । बैंकको जगेडा कोषमा एक अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ ।
बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा ११.५५ प्रतिशतबाट बढेर १८.१६ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको खराब कर्जामा भने केही सुधार भर्इ २.३७ प्रतिशतबाट घटेर २.०९ प्रतिशतमा आएको छ । बैंकको प्रति शेयर आम्दानी ९ रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *