रौतहटमा जीप डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु,चालकसहित एक जनाको ज्यान बच्यो
मकालु खबर
२०७४ जेठ १५ गते
“
रौतहट,साउन २९ । अविरल बर्षासँगै जलमग्न बनेको रौतहटमा जीप डुब्दा गर्भवतीसहित जनाको ज्यान गएको छ ।
गर्भवती महिलालाई प्रसुतीका लागि लौकाहा गाउँबाट राजपुर अस्पतालमा लैजाँदै गर्दा उक्त घटना घटेको हो । बाढीले बाटो अबरुद्ध भएको जानकारी नहुँदा उक्त घटना घटेको जनाइएको छ ।
राजपुर अस्पताल भन्दा करिब सय मिटर पर आज आइतबार बिहान ३ बजे भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको रौतहटका प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले जानकारी गराए ।
जीप डुबेर मृत्यु हुनेमा चार पुरुष र दुई महिला रहेका छन् । जीपका चालक र अर्का एक जनाले ज्यान बचाउन सफल भएको उपरिक्षक पोखरेलले बताए ।
चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया