आजको राशिफल

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । साउन महिनाको २९ गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१७ अगस्त महिनाको १३ तारिख ।
योगः शूल योग, १२ः१४ बजेपछि गण्ड योग ।
तिथीः वर्षा ऋतु भाद्रकृष्णपक्षको षष्ठी तिथी, १९ः४६ बजेपछि सप्तमी तिथी ।
नक्षत्रः अश्विनी नक्षत्र ।
करणः गर ०८ः३८ बजेसम्म उपरान्त वणिज करण ।
चन्द्रमाः  मेष राशिमा ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलता प्राप्त गर्न सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने सूर्यनमस्कार साधना गर्नु तथा सूर्य भगवानलाई अघ्र्य दिनु फापकर हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला । अन्यथा यात्रामा दुःख भोग्नपर्नसक्ने छ । यहाँको लागि आज ३ अंक र पहेंलो रंग एवम् भगवान रामको सेवा आराधना गर्नु शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आर्थिक सङ्कलन हुने गोचर परेकोले व्यवसायिक कार्यमा प्रगति हुनेछ । आफन्तजनको आगमन हुने तथा सहयोग मिल्ने हुँदा उत्साह–उमङ्ग बढ्नेछ । कामकार्यमा पनि मनग्य मन लाग्ने एवं जाँगर चल्नेछ । मानसिक क्षमताको विकास हुनेछ । गरेका कार्यले राम्रो गति लिँदा आत्मबल बढेर आउनेछ । विशेष ठाऊँको यात्रा योजना बन्न पनि सक्नेछ । विदेश यात्राको पर्खाइमा रहनेहरुको लागि पनि आज अनुकूल एवं खुशीको दिन हुनसक्ने छ भने सर्वसाधारणको लागि मानसिक शान्ति मिल्नेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोग गर्नु उपयुक्त हुनेछ भने लक्ष्मीमैञाको सेवा आराधना बढाउनाले कृपा पनि बढ्नेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन समयलाई उत्तम मान्नसकिन्छ, पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने दिन परेको छ । बरिष्ट तह तथा व्यक्तित्त्वसँग संपक जोडिनसक्ने छ । लौकिक प्रख्याती र विशेष महत्त्वपूर्ण कामकार्यको अवसर प्राप्त हुनसक्ने सम्भावना छ, सदुपयोग गर्नु होला ।  राज्यबाट लाभ उठाउनसकिने, व्यवसाय तथा उद्यमको राम्रो प्रचार–प्रसार हुने तथा राजनीति–समाजसेवामा प्रसिद्धि बढ्ने देखिन्छ । कसैकसैलाई पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने पनि छ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको उपयोग र पुरुषोत्तम भगवान रामको भक्ति आराधना गर्नु सुखप्रद हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन अवमूल्यनको बाबजुतपनि केही उपलब्धि हासिल हुनेछ । माथिल्लो तहबाट अपजश एवम् दबाब आउनसक्ने सम्भावनालाई ग्रहले लक्षित गरिरहेको छ । कामकुरामा आज यहाँले अल्लि सावधानी अप्नाउन जरुरी हुनेछ । केही औपचारिक कार्यमा अल्लि व्यस्त हुनपर्ने छ । कर्मक्षेत्रमा साविकभन्दा अल्लि बढी परिश्रम गर्नुपरे पनि केही सन्देहबाबजुत पनि धार्मिक–आध्यात्मिक चिन्तन बढ्ने र धर्मकर्म सम्पादन हुनगई सदाचारले जय प्राप्त हुनेछ । ज्ञानी तथा धार्मिकजनप्रति लागेको सन्देह हट्ने तथा मार्गबोध हुनेछ । अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद हातपार्न सकिनेछ । नआत्तिने र नमात्तिने गर्नु बुद्धिमानी हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमासंघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । आठ अंक, रातो रङ्ग आज यहाँको लागि उपयुक्त रहनेछ भने भगवान महाकालेश्वरको वा आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

तुला राशिः
तुला राशिहुने हरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु होला । अन्यथा पछुतो हुन सक्नेछ । व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र कन्यालाई सेतो वस्तुको दान दिनुले सम्भावित अनिष्टजन्य दोषलाई निवारण गर्न मद्दत मिल्नेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन अनुकूल एवम् सफल रहनेछ । अवसर तथा समयको राम्रोसँग सदुपयोग गर्ने प्रयत्न गरेमा  प्रतिस्पर्धामा सफलता मिल्ने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर लगायतका पेशाको क्षेत्रमा पनि लाभ एवम् प्रशंसा मिल्नेछ । शत्रुका विरुद्ध खरो उत्रन र गुमेको साख फर्काउन सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिलाई रणनीतिक सम्मान गर्नाले  उपयुक्त फाइदा लिन सक्नुहुने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मध्यम रहेको छ । आत्मरतीको चाहना तथा बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले अर्काबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययनको पक्षमा भने फाइदा लिन सकिनेछ । ध्यानपूर्वक स्वकर्मक्षेत्रमा समय दिनाले दैनिकी कार्यबाट सामान्य लाभ गर्नसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन मनमा संकोचित विचार बढ्नाले सहकर्मीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपाईको पक्षमा अभिमत दिने समर्थकको अभाव खट्किन सक्ने भएकोले सम्बन्धित पक्षमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने आमाको आर्शिवाद शुभकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन बहुआयामिक दिन रहेको छ । समय र शारीरिक एवम् मानसिक शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्नसकिने छ । । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको प्रस्ताव आउनसक्ने छ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भने भगवान सूर्यनारायणलाई खुशी बनाउनु थप कृपाप्रद हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीदोषको संयोग पर्नसक्छ, बोलीवचनको व्यवहारमा ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आज यहाँको लागि दुई अंक, सेतो रंग शुभ रहने छ भने सूर्यभगवानको स्तुति तथा सूर्यनमस्कारको साधना अवलम्बन गर्नुले सम्भावित दोषलाई कम गर्न मद्दत हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *