तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड भब्यताका साथ सम्पन्न (सुचि सहित)


साउन २८, नुवाकोट । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ सम्पन्न भएको छ । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा धादिङ ओम शान्ति चलचित्र मन्दिरमा सम्पन्न भएको अवार्डमा २७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

जुरी समितिमा वरिष्ठ रंगपत्रकार एवं गीतकार शान्तिप्रिय संयोजक र सदस्यहरुमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, सर्जक एंव लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेको थिए । अवार्डमा प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५,५५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कलाकार रश्मि तामाङ ३३,३३३ नगदसहित र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लिले गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष किरण अधिकारीले मोफसलबाट निरन्तर रुपमा कलाकारहरुलाई सम्मान गर्दै जाने बताए । अवार्ड देशका विभिन्न भागहरु समेत गर्ने उनले जानकारी दिए । अवार्डमा नायिका सञ्चिता लुईटेलदेखी चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।

अवार्ड विजेताहरु
आधुनिक तर्फ
गायक : कृष्ण काफ्ले ला छैन् माया पिरती
गायिका : सहिमा श्रेष्ठ तिमी बोल
नव गायिका : बुनु उप्रेति टुट्यो टुट्यो
गीतकार : डा.कृष्णहरी बराल मेरो चरित्रमा शंका गर्ने तिमीको
संगीतकार : सुरेन्द्र श्रेष्ठ म रुँदा
मोडल महिला  :  जान्वी बोहरा चित्त यो मेरो
मोडल पुरुष  :  केके अधिकारी झड्का
म्युजिक भिडियो  :  निर्देशक नविन गुरुङ उडि जाने
म्युजिक भिडियो  :  सम्पादन दिपक विष्ट कोहि कोहिको माया
म्युजिक भिडियो  :  छायांकार अजय रेग्मी कोहि कोहिको माया
पब्लिक च्वाइस अवार्ड  :  खुस्बु खड्का तिमी बोल
एस.एम.एस भोटिङ अवार्ड  :  मञ्जिता केसी सम्झेर फेरी

लोकदोहोरी तर्फ

गायक  :  मौसम गुरुङ तिमी फुल हौ कालि
गायिका  :  भुमिका गिरी सातो पुत्लो गयो
नव गायक  :  तिलक परियार तोरी हरियो
नव गायिका  :  टिका तारमिमगर गुन्द्रुक सिन्की पकाउनु पर्दैन
शब्द  :  शिखर गजरकोटे चरि भएदेखी
लय  :  उद्धव कार्की नुवाकोटे कोहि भन्दा
मोडल  :  पुरुष दुर्गेश थापा तिमी फुल हौ कालि
मोडल  :  महिला रिना थापा मगर भुरुरु पुतली
म्युजिक भिडियो निर्देशक  :  प्रकाश भट्ट मायाले माया लुकायो
म्युजिक भिडियो सम्पादन  :  प्रविण भट्ट आज गाउँमा
म्युजिक भिडियो छायांकन  :  दुर्गा पौडेल आज गाउँमा
जुरी अवार्ड  :  कृष्ण रेउले आज गाउँमा
पब्लिक च्वाइस अवार्ड  :  मञ्जु गौतम हेलम्बुको स्याउँ
पपुलर अवार्ड  :  दिनेश थापा बोेली नफेर
इन्करेजमेन्ट अवार्ड  :  लिला गिरी एक चोटी भेट्न पाए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *