मुस्ताङमा हावाबाट तीन किलोवाट विजुली उत्पादन

मुस्ताङ, साउन २८ । मुस्ताङमा हावाबाट तीन किलोवाट विजुली उत्पादन हुन थालेको छ ।

स्पेनिस नागरिक राफेल भिनस पिच र नेपाली नागरिक पुस्कर तिमिल्सिनाको संयुक्त लगानी रहेको बुद्ध पावर लिमिटेडले निर्माण गरेको वायु उर्जा परियोजनाको शनिबार (आज) पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाट्न गरे ।

परियोजना उद्घाट्न गर्दै ओलीले नेपालका थुप्रै स्थानमा वायु उर्जा उत्पादनको संभावना रहेको भन्दै खेर गईरहेको स्रोतको उपयोग गर्न ढिलाई गर्न नहुने बताए । ओलीले केरला नाका सन्चालनका लागि पूर्वाधारहरु निर्माणको काम भईरहेको भन्दै सडक र पूर्वाधार बनिसकेपछि नाका सन्चालन गर्न कसैले रोक्न सक्दैन भने ।

बुद्ध पावर लिमिटेडले नेपाल सरकारले अनुमति दिएमा सोही स्थानमा ४० मेगावाट बिजुली उत्पादन गर्न सक्ने जनाएको छ । तीन किलोवाट वायु उर्जा जोमसोमस्थित जिल्ला प्रहरी कार्यलयले प्रयोग गर्न थालेको छ ।

यसैगरी, उक्त कम्पनीले जोमसोममै अत्याधुनिक मौसम विज्ञान स्टेशनसमेत निर्माण गरी पूर्व प्रधानमन्त्री ओलीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सो स्टेशनमार्फत १०/१० मिनेटमा मौसमको जानकारी प्राप्त गर्न सकिने जनाइएको छ । यी आयोजनाहरुको उद्घाटन अघि ओलीले केरला नाकाको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *