नेपाल भारत सम्बन्ध विशिष्ट: प्रधानमन्त्री देउवा

काठमाडौं, साउन २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै त्यसलाई पारस्परिक समझदारी, सम्मान र एक अर्काका आकांक्षा र संवेदनशीलताले विशिष्ट तुल्याएको बताएका छन् । भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा हिजो राती भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा उहाँले दुई देशबीच विविध क्षेत्रमा व्यापक सहयोगका साथै खुला सिमानाका कारण जनस्तरको सम्पर्कले आपसी सम्बन्धको गहिराई र गहनतालाई चित्रित गरेको चर्चा गरे ।

प्रजातान्त्रिक मूल्य र मान्यताको संस्थागत विकास तथा समावेशी प्रतिनिधित्वको सुनिश्चिततासँगै नेपाली जनताले उत्साहपूर्वक विकास चाहेका र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ सबैको विकास’ अवधारणाबाट सारा नेपाली उत्साही भएको प्रधानमन्त्री देउवाले बताए । उनले भने – गरिबी, रोगव्याध, निरक्षरता, भोकमरी, विनाश र विध्वंशबाट मुक्ति तथा दिगो शान्ति, स्थायित्व र समावेशी विकास हाम्रो साझा चाहना हो ।

नेपाल र भारतबीचको विशिष्ट सम्बन्धलाई संरक्षण, प्रवद्र्धन एवम् सुरक्षित तुल्याउन भारतका नेतासँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उनले दुवै देशबीच सघन संवादमा भएको बढोत्तरीले यसलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *