भारतकाे अस्पतालमा अक्सिजन अभाव, २० बालबालिकाको मृत्यु

भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा २० बालकालिकाको ज्यान गएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा अक्सिजनको सप्लाई बन्द भएर त्यहाँ उपचार गराइरहेका बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोरखपुरका जिल्ला अधिकारी राजीव रौतेलाका अनुसार पछिल्लो ४८ घण्टामा विभिन्न कारणले समग्रमा ३० बालबालिकाको ज्यान गएको समाचार संस्था पिटिआईले उल्लेख गरेको छ । तर उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको अभाव भएका कारण बिरामीको ज्यान गएको भन्ने कुरा भ्रमक रहेको दाबी गरेको छ । उत्तर प्रदेश सरकारले ट्वीट गरेर बिआरडी मेडिकल कलेजमा अकिसजनको अभावका कारण कुनै पनि बिरामीको ज्यान नगएको दाबी गरेको छ । 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *