उत्तर कोरियामाथि अमेरिका ‘लक्ड एन्ड लोडेड’को अवस्थामा : राष्ट्रपति ट्रम्प

साउन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले उत्तर कोरियाबाट हुनसक्ने संभावित आक्रमणको जवाफ दिन अमेरिकी सेना ‘लक्ड एन्ड लोडेड’को अवस्थामा रहेको बताएका छन् ।

शुक्रबार ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले आफ्नो सैनिकहरु तयारी अवस्थामा रहेको जानकारी दिदै उत्तर कोरियासँग सम्झौता गर्न ‘लक्ड एन्ड लोडेड’ अवस्थामा रहेको बताएका हुन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘सैन्य समाधानहरु अहिले पूर्णतया तयारी स्थानमा ‘लक्ड एन्ड लोडेड’ (बन्द र लोड) गरिएको अवस्थामा छन् । उत्तर कोरियाको मुर्खतापुर्ण गलत निर्णय गर्न सक्छ । आशा छ कि किम जोंगले अर्को विकल्प फेला पार्नेछन् ।’

is-deciderHtmlWhitespace"" cite=""https://twitter.com/realDonaldTrump/status/895970429734711298"" data-tweet-id=""895970429734711298"" data-scribe=""section:subject"">

Military solutions are now fully in place,locked and loaded,should North Korea act unwisely. Hopefully Kim Jong Un will find another path!

उनले उत्तर कोरियाले ‘परमाणु युद्धको झण्डा’लाई कोरियाली प्रायद्विपमा देखाएको आरोप लगाएका छन् ।

अमेरिकी क्षेत्र पियोगान्डा गुआम टापुमा रहेको सैन्य भण्डारमा परमाणु क्षेप्यास्त्र हान्ने योजनालाई उत्तर कोरियाले अन्तिम रुप दिँदै गरेको तथ्य सार्वजनिक भएपछि उच्च सर्तकतासाथ तयारी अवस्थामा रहेका छन् ।

बीबीसीका अनुसार अहिले प्यासिफिक टापुको मातृभूमि सुरक्षा एजेन्सीले शुक्रबार (आजै) त्यहाँ बसोबास गर्ने नागरिकहरुलाई एकतथ्य पाना (फ्याक्ट सिट) बाँडेको छ । उक्त तथ्य पानामा संभावित मिसाइल आक्रमणबाट कसरी जोगिने भन्ने सुझावहरु लेखिएको छ ।

उक्त पानामा लेखिएको छ, ‘फ्ल्याश तथा आगोजन्य प्रकाशहरु नदेखाउनुस् यसले तपाँइलाई अन्धकार बनाउनेछ । जमीनमा मिसाइल ठोकिनसाथ तपाँईको टाउको ढाक्नुहोस् । यदि विस्फोटक मिसाइल केहि दूरीमा छ भने त्यो विस्फोट हुन कम्तिमा ३० सेकेण्डभन्दा बढी समय लाग्ने छ ।’

राष्ट्रपति ट्रम्पको चेतावनी लगत्तै रक्षा सचिव जेम्स मटिसले भने, ‘अमेरिका अझै राजनैतिक सुत्रमार्फत उत्तर कोरिया संकट समाधान गर्ने आशा राख्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *