आजबाट प्रिमियर लिग सुरु हुँदै

एजेन्सी । इङ्गलिस प्रिमियर लिग सिजन २०१७/१८ को पहिलो खेलमा शुक्रबार आर्सनल र लेस्टर भिड्दैछन् । आर्सनलको घरेलु मैदानमा हुने खेलमा स्टार खेलाडी एलेक्सिस स्यान्चेज र मेसुट ओजिल भने उपस्थित हुने छैनन् ।स्यान्चेज र ओजिल दुवै खेलाडी चोटका कारण विश्राममा छन् गत साता भएको कम्यूनिटी सिल्डको खेलमा पनि दुवै खेलाडी दर्शकदिर्धामा रहेका थिए । आर्सनलले उक्त खेल पेनाल्टी सुट आउटमा जितेको थियो र त्यसै जितको सिलसिलालाई यस खेलमा पनि निरन्तरता दिने सुरमा हुनेछ ।

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले यस सिजन प्रिमियर लिगकै उत्कृष्ट सिजन हुने दाबी गरेका छन् । उनले यसपटक ७ क्लबले उपाधि जित्ने दावेदारी प्रस्तुत गर्ने बताए । गत सिजन शीर्ष ४ मा रहेका क्लबसँगै आर्सनल, म्यानचेस्टर युनाइटेड र एभर्टन उपाधिको लागि सक्षम रहेको बताए ।

यता लेस्टरले ट्रान्सफर विन्डोमा ३ खेलिद भित्र्याएर आफ्नो टोलीलाई थप मजबुत पारेको छ  फरवार्ड केलेची इहेनाचो, डिफेन्डर ह्यारी मगाएर र मिडफिल्डर भिसेन्टे इबोर्राको आगमनसँगै टोली थप मजबुत भएको छ  तीनै खेलाडीले आर्सनल विरुद्धको खेलमा खेल्ने अपेक्षा गरिएको छ  इहेनाचो भने पछिल्लो खेलमा घाइते भएकाले पुरा ९० मिनेट खेल्न सक्नेमा शंका छ 

यता आर्सनलले यसी ट्रान्सफरमा भित्र्याएका फरवार्ड एल्क्जेन्दर लाकाजेट र डिफेन्डर सियाद कोलासिनाच पनि टोलीमा रहनेछन् । लाकाजेटले प्रि सिजनमा राम्रो प्रदर्शन गरेका छन् भने कोलासिनाचले गत साताको कम्युनिटी सिल्डमा बराबरी गोल गरेका थिए । वेंगरले यस पटक टोलीको प्रि सिजन राम्रो रहेकाले सुरुवात पनि त्यस्तै रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *