तस्कर र सशस्त्र वन रक्षक बिच गोली हानाहान

चन्द्रनिगाहपुर, २७ साउन । तस्करी गरेर लान लागेको काठ र गाडी नियन्त्रणमा लिन सशस्त्र वन रक्षकले १० राउण्ड गोली फायर गरेको छ । पिक अप भ्यानमा लान लागेको काठ नियन्त्रणमा लिनका लागी गोली फायर गर्नुपरेको हो । ना ३ च ६१५० नम्बर लेखिएको बलेरो जीप काठ सहित बरामद गरेको थियो । सो बलेरो जीपमा युपी ४१ एटी ३८१२ नम्बर लेखिएको अर्को नम्बर प्लेट पनि फेला परेको छ ।

बिहीबार बिहान वनको गस्ती टोलीले करिब २ बजे सालको गोलिया बरामद गरेको हो । लचकाबाट कांचा सालका रुख काटेर तस्करीका लागी गाडीमा लैनादै गरेको सूचनाका आधारमा काठ र गाडी पक्राउ गरिएको जिल्ला वन अधिकृत दिर्घनारायण कोइराला जानकारी दिए । चोरी कटानी गरेर नेपाली नम्बरको रातो स्टिकर टासिंएको भारतीय पिक अप गाडीमा लागिरहेको खबर पाएर जिल्ला बन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख दीर्घनारायण कोइरालाको कमान्डमा बिहीबार बिहान २ बजे सो गाडी समातिएको थियो । सो पिक अप गाडी नहर हुँदै भागिरहेको अवस्थामा जिल्ला बन कार्यालयका गस्तीहरु २ वटा गाडीमा करिब २० जनाको सङ्ख्यामा उक्त गाडीलाई पिछा गर्दै बृन्दावन गाउपालिकाको विश्रामपुर गाउमा समातिएको जानकारी कोइरालाले दिए ।

गाडी र काठ नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर समेत गर्नु परेको कोइरालाले बताए । बरामद गरेको ६ वटा सालको गोलिया ६० क्युफिट रहेको तथा समातिएको गाडी हाल जिल्ला वन कार्यलयमा राखिएको वन अधिकृत कोइरालाले जानकारी दिए । विगत लामो समयदेखि गाडीमा काठ तस्करी हुन छाडेकोमा पुनः साना सवारी साधनको प्रयोग गरी काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयले सक्रियता बढाएको छ । काठ तस्करले जङ्गलमा कांचा सालका रुख काट्ने र सोही स्थानमा गोलीया बनाई गाडीमा लाने गरेको पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *