उत्तर कोरियालाई अमेरिकी राष्ट्रपतिको चेतावनी, ‘आक्रमण गरे नराम्रोसँग पछुताउनु पर्ला’

२०७४ जेठ १५ गते

“
वासिंटन, साउन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरे उसले नराम्रोसँग पछुताउनुपर्ने चेतावनी दिएका छन् ।
उनले उत्तर कोरियाले जारी राखेको हर्कत नरोके ठूलो मूल्य चुकाउनुपर्ने बताए । अहिलेसम्म कमै राष्ट्रले भोगेको दुर्दशा उत्तर कोरियाले भोग्नुपर्ने उनको भनाइ थियो ।
उत्तर कोरियाले अमेरिकी क्षेत्र गुआममा चार वटा मिसाइल हान्ने चेतावनी दिएपछि ट्रम्पको प्रतिक्रिया आएको हो । उत्तर कोरियाले जुलाइमा अन्तरमहादेशीय मिसाइल परीक्षण गरेपछि अमेरिका र उत्तर कोरियाबीच तनाव बढ्दै गएको छ ।
अमेरिकाको न्यूजर्सीमा बोल्दै ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्न अमेरिका सधैं तयार रहेको बताए । उनले उत्तर कोरियाको विषयलाई लिएर आफूले अहिल्यै कडा प्रतिक्रिया नजनाएको बताए ।
यसअघि ट्रम्पले कोरियामाथि आगो बर्साउने चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पको चेतावनीलाई उत्तर कोरियाले भने बकवास भन्दै आएको छ । (एजेन्सी)
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित