यो बर्ष बलिउडका उत्कृष्ट चलचित्र ‘बाहुबली–२’ र ‘दंगल’

यो वर्ष भारतीय सिनेमाको उत्कृष्ट वर्षका रूपमा गणना भयो भने गलत हुँदैन । भारतको स्वतन्त्रताको ७० वर्षपछि चलचित्र उद्योगले त्यस्तो मौका पायो जसले पूरै विश्व हल्लायो ।

यो भन्दा अघि बलिउडले आफ्नो सफलता नदेखाएको भने होइन । भारतीय चलचित्र उद्योग मनपराइएको क्षेत्र हो । तर यो वर्ष विश्वलाई भारतले शानदार फिल्मको सौगात दियो । ‘बाहुबली–२’ र ‘दंगल’ ले भारतीय चलचित्र उद्योगलाई विश्वस्तरकै मात्र बनाएन कमाइको मामिलामा पनि राम्राराम्रा बलिउड चलचित्रलाई टक्कर दियो ।

यही वर्ष आएको ‘बाहुबली–२’ ले क्षेत्रीय सिनेमाबाट माथि उठेर भारतको सबैभन्दा बढी कमाइ गर्ने चलचित्रमा नाम लेखायो । यो चलचित्रको रिलिजदेखि ५० दिनसम्म फिल्मको शो हाउसफूल गयो । चलचित्रलाई भारतीय दर्शकले मात्र मन पराएनन्, विदेशमा पनि यसको प्रशंसा गरियो ।

आमिर खानको ‘दंगल’ अघिल्लो वर्ष रिलिज भयो । तर कमाइको नयाँ कीर्तिमान यसै वर्ष खडा गर्यो । आमिर खानले गत ५ मेमा चलचित्र चीनमा रिलिज गरे । रिलिजपछि चलचित्रले गरेको कमाइ २ हजार करोड कटेपछि मात्र रोकियो ।

चीनमा ‘दंगल’ जबरजस्त हिट हुनुको कारण चलचित्रको विषय थियो । एउटा चिनियाँ पत्रिका ‘हकिश ग्लोबल टाइम्स’ मा छापिएको रिपोर्टका अनुसार त्यहाँ महिलालाई त्यति छुट दिइँदैन । छोरीमाथि बुवाको नियन्त्रण हुन्छ । ‘दंगल’ मा बुवा र छोरीको कथा देखाइएको थियो, जसले महिलाहरूको मन जित्यो ।

‘बाहुबली–२’ मा एसएस राजामौलीले दर्शकलाई यस्तो सिनेमा देखाए जुन दर्शकले त्यस अघि हेरेकै थिएनन् । मात्र यो चलचित्रका लागि विश्वका उत्कृष्ट ३३ भिएफएक्स स्टुडियोले ३३ दिनसम्म मिहिनेत गरेका थिए । सन् २०१५ मा ‘बाहुबलीः द बिगिनिङ’ आएको थियो । यसपछि दुई वर्षको पर्खाइपछि जब राजामौलीले प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, राम्या र नासिरलाई ‘बाहुबलीः द कंक्लुजन’ मा ठूलो पर्दामा उतारे तब दर्शक मन्त्रमुग्ध भए ।

सिने प्रेमीले दुवै चलचित्रलाई मन पराए । भारतमा ‘अवतार’ यस्तो चलचित्र रह्यो, जसले सबैभन्दा बढी कमाइ गर्यो । जेम्स क्यामरुनको ‘अवतार’ ले भारतमा मात्रै १४५ करोडको कमाइ गरेको थियो । यस्तो अवस्थामा भारतीय चलचित्रले विदेशमा राम्रो प्रदर्शन गरेको र प्रतिक्रिया पाएको भन्न सकिन्छ ।

‘बाहुबली–२’ ले विदेशमा झण्डै ३१० करोड कमाइ गर्यो । ‘दंगल’ ले चीनबाट मात्रै १२ सय करोडभन्दा बढीको कमाइ गर्यो । दुवै चलचित्रको कमाइ जोड्ने हो भने ३५ सय करोडभन्दा माथि पुग्छ ।

यो कलेक्सनमा वृद्धि हुन बाँकी नै छ । ‘बाहुबली–२’ का निर्माताले चीनमा यो चलचित्रको ठूलो रिलिजको योजना बनाइरहेका छन् । यदि चीनबाट ‘बाहुबली–२’ ले ‘दंगल’ को जस्तै माया पाउने हो भने विश्वको सबैभन्दा ठूलो देश ‘हटमार्केट’ हुनेछ । ‘बाहुबली’ का फ्यान युरोप र अमेरिकामा पनि छन् ।

युरोप र अमेरिका भारतीय फिल्मका ठूला बजार हुन् । यी चलचित्रले त्यसलाई अझ धेरै मासमा पुर्याएका छन् । विश्वले भारतीय चलचित्रको क्षमतालाई बुझेको छ । यहाँ बलिउड मात्र छैन जसले करोडौँ बटुल्छ, भारतीय क्षेत्रीय सिनेमा पनि विश्वको उच्च भिएफएक्स भएको फिल्मलाई चुनौती दिनसक्छ ।

भारतीय सिनेमाको क्षेत्रमा यस्तै चलचित्र आउने हो भने हलिउडलाई समेत पछि पार्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *