‘केन्यामा भएको चुनावमा धाँधली भएको छैन्’

२०७४ जेठ १५ गते

“
केन्या, साउन २६ । केन्याको निर्वाचन आयोगले मंगलवारको चुनावी नतिजामा धाँधली नभएको जनाएको छ ।
विपक्षीहरुले ‘आईटी सिस्टम ह्याक’ गरी नतिजा प्रभावित पारिएको दाबी गरेपछि आयोगले आरोप अस्वीकार गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त इज्रा चिलोवाले आईटी प्रणालीमा कुनैपनि सम्झौता नगरिएको स्पष्ट पार्नु भएको छ । राष्ट्रपति उहुरु केन्यात्ताले दह्रो अग्रता लिएपछि प्रारम्भिक नतिजा अस्वीकार गर्ने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार राइला ओटिङगवाको भनाई पछि चिलोवाको प्रतिक्रिया आएको हो ।
विपक्षीको दाबी संगै हिंसात्मक घटना बढेका छन् । तर, ओडिङगाका समर्थक र सुरक्षाकर्मीबीचको झडपका कुनै हताहती नभएको सरकारी दाबी छ ।
प्रारम्भिक नतिजामा केन्यात्ताले ५३.३ प्रतिशत र ओटिङगाले ४४.८ प्रतिशत मत ल्याएका छन् । यो नतिजाले केन्यात्ता जितको नजिक पुगेको देखिएको छ । (एजेन्सी)
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया