रौतहटमा हातहतियार सहित १४ जना पक्राउ

साउन २६, मकालु खबर । राैतहट जिल्लामा गत वर्ष प्रहरीले हातहतियार तथा गोली सहित १४ जनालाई पक्राउ गरी कारवाही गरेको तथ्याक सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये नौ जना पुर्पक्षका लागि जेल चलान, यस्तै एक जना धरौटीमा रिहा र चार जना सङ्गठित अपराध मुद्दामा जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले गएको आर्थिक वर्षमा फलामको नाल भएको बाह्र बोरको बन्दुक एक थान, नलकटुवा पिस्तोल ४ थान, ईन्सान राईफल १ थान, अमेरिकन स्वचालित पिस्तोल ६ थान र बम बनाउन प्रयोग हुने जिलेटिन ३० थान, सेफ्टी फ्युज ५ थान, सिल्भर डेटोनेटर २२ थान, बरामद गरेको जनाएको छ ।

जिल्लाको विभिन्न स्थानबाट नलकटुवा पेस्तोलमा लाग्ने गोली ६ राउण्ड, ईन्सास राईफलमा लाग्ने गोली १५ राउण्ड, अर्ध स्वचालित पेस्तोलमा लाग्ने गोली ३ राउण्ड, खोखा १ सय ३९ थान, टुवेल्वरमा लाग्ने गोली ६ थान बरामद गरेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *