जिसस सिन्धुलीमा एमाले र माओवादीको प्यानल विजयी

सिन्धुली, साउन २६ । जिल्ला समन्वय समिति सिन्धुलीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । संयोजकमा नेकपा एमालेका शंकरराज तिवारी वर्मा र उपसंयोजकमा नेकपा माओवादी केन्द्रकी सम्झना अधिकारी दनुवार विजयी हुनुभएको हो ।

कुल १८ मत मध्ये एमाले माओवादी गठबन्धको प्यानलका उमेद्धवारले १३ मत र प्रतिद्धन्दी नेपाली काग्रेसका उमेदवारले ५ मत पाएका थिए । सदस्यहरुमा नेकपा एमालेबाट ऐमान बम्जन, महिला सदस्य गंगा कुमारी कार्की, विन्दा परियार, नेकपा माओवादी केन्द्रबाट अमृत वाइवा, चित्र बहादुर बुढाथोकी चेतबहादुर सुनुवार महिला सदस्य भगवती कुमारी पुलामी विजयी भएका छन् । वियजी पदाधीकारीले हिजै सफथ लिई पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *