माडीमा देखिएको विद्युतीय समाधानाको पहल गर्न समूह गठन

चितवन, साउन २६ । विद्युत प्रसारण लाईनमा देखिएको समस्याका कारण विगत तीन सातादेखि चितवन माडीका जनताहरु अन्धकारमा बस्न बाध्य भएका छन् । सरोकारवाला निकायले प्रसारण लाईन मर्मतमा चासो भएका हुन् । पटक पटकको टेलिफोन वार्तामासमेत कर्मचारी र सरकारले खासै चासो नदेखाएपछि समस्यामा बस्न बाध्य भएको माडीवासीहरुले गुनासो पोखेका छन् ।

पुःन विद्युत सुचारुका लागि पहल गर्दा कहिले समयमै मेशिन नआइपुगेको त कहिले मेशिन बिग्रिएको भनि अनेक समस्या देखाउदै तत्काल विद्युत आपुर्ति नहुने संकेत देखिएको छ। नेपालकै पहिलो अन्डर ग्राउन्ड माध्यमवाट सञ्चालित विधुतमा सञ्चालन नहुँदै धेरै समस्या देखिएको हो । समस्या समाधानको पहलका लागि माडीका विधुत उपभोतmाहरुको भेलाले विधुत सरोकार समुह माडी गठन गरेको छ । देव अन्जान शाहको संयोजकत्वमा १९ सदस्यीय सचिवालय समिती गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *