दाङका विभिन्न स्थानमा छ लाख ३२ हजार बिरुवा रोपियो

दाङ, साउन २६ । सामुदायिक वन दिवसमा दाङका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् । सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रोपिएको वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभएको छ ।

‘संघीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस मनाइएको हो । दाङको लमही, तुलसीपुर र घोराहीमा रहेका विभिन्न सामुदायिक वनमा वृक्षरोपण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *