जिसस डोटीमा एमालेको प्यानलै निर्विरोध

डोटी, साउन २५ । जिल्ला समन्वय समिति (जिसस) डोटीमा नेकपा एमालेको पूरै प्यानल निर्विरोध निर्वाचित भएको छ ।

बुधबार सम्पन्न मनोनयन दर्ताअन्तर्गत् एमाले प्यानलकोमात्रै उम्मेदवारी परेको हो । जसका कारण नेकपा एमालेबाट उम्मेदवारी दिएका सबै निर्विरोध निर्वाचित भएका हुन् ।

जिसस डोटीको संयोजकमा रामबहादुर ऐर, सहसंयोजकमा शशी सोव, खुला सदस्यहरुमा डम्बर ओली, घनश्याम जोशी र गोविन्दबहादुर खड्का निर्वाचित भएका छन् ।

महिला सदस्यमा लक्ष्मी मल्ल, मीना बोहरा र तुसा बूढा निर्विरोध निर्वाचित भए । यस्तै, अल्पसंख्यकमा सग्राम नेपाली निर्वाचित भएका छन् ।

उनीहरु निर्विरोध निर्वाचित भएपनि आधिकारिकरुपमा घोषणा भने यही २९ गतेमात्रै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

९ ओटा स्थानीय तह रहेको डोटीमा एमालेले ४ ओटा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष, एक नगरपालिकामा प्रमुख–उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।

एमालेको स्पस्ट जित देखिएका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रले मनोनयन दर्ता नै नगरेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *