अब हुने चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्ने: जितेन्द्रनारायण देव

काठमाडौं, साउन २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्रनारायण देवले अब हुने चुनावमा माओवादी केन्द्रसँग तालमेल गर्ने निष्कर्षमा नेपाल लोकतान्त्रिक फोरम पुगेको खुलासा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उहाँले आफूहरुले सुनिश्चित रुपमा जित्न सक्ने स्थानमा कसैसँग तालमेल नगर्ने र अन्य स्थानमा चाहिं माओवादी केन्द्रसँग तालमेल हुने बताउनुभयो ।

यसबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भइरहेको जानकारी समेत दिनुभयो । राष्ट्रिय जनता पार्टीको मागलाई सम्बोधन गरेर जान सरकार तयार भएको उल्लेख गर्नुभयो । संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न आफूहरु तयार भएको जिकिर गर्नुभयो । यसैबिच, निजगढ, पोखरा, लुम्बिनीसहितका तीनवटा विमानस्थल छिटोभन्दा छिटो निर्माण हुनेगरी आफूले काम बढाएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *