बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ, २५ साउन । मोरङको सुन्दरहरैचा नगरपालिका– ९ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज दिउँसो एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३२३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका तीनवटा साइकललाई ठक्कर दिँदा साइकलमा सवार मोरङ सुन्दरहरैचा– ११ बस्ने ५२ वर्षीय सूर्यबहादुर न्यौपानेको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

बसको ठक्करबाट साइकलयात्री सोही ठाउँकी १७ वर्षीया पूर्णिमा घिमिरे र ३७ वर्षीया मञ्जु मिश्र गम्भीर घाइते छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ भने बस र चालकलाई इप्रका बेलवारीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *