विरगञ्जका दुई दर्जन महिला एमालेमा आए


वीरगंज २५ साउन । विरगञ्जका दुई दर्जन महिलाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी महिलाहरू एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेको वीरगंज महानगरपालिकाको वडा नंं. ७ मा आयोजित कार्यक्रममा विरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार

बसरुद्दिन अन्सारीले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले नेकपा एमाले जनताको सुख दुःखमा साथ दिने पार्टी भएकोले यसमा पार्टी प्रवेश गर्नेहरुको लहर बढदै गएको बताए । उनले विरगञ्ज

महानगरपालिकालाई देशकै संवृद्ध सहर बनाउन एमाले प्रतिबद्ध रहेको जिकिर गरे ।
नव प्रवेशीहरुलाई टिका लगाएर स्वागत गर्दै प्रमुख अतिथि अंसारीले असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा इमान्दारीताका साथ सहयोग गरेमा नेकपा एमालेलाई पर्सामा कुनै पनि शक्तिले हराउन नसक्ने दाबी गरे । आफू मेयरको उम्मेदवार लगायत नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई जिताएमा शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतमा सोंचेको जस्तो विकास हुने उनको दाबी थियो ।
इन्दु रञ्जीतकारको अध्यक्षतामा भएको कार्यक्रममा युवा नगर अध्यक्ष इमरान हुसैन, शिव कुमार अग्रवाल, प्रवेज अंसारी, दिलीप सिंह, पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *