अब आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सकिने

एजेन्सी । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ  ।जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो ।

नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्यामरा स्क्रिनबाट सिधै भिडियो रेकर्ड गर्न सक्नेछन् र लाइभ गर्न सक्नेछन् । फेसबुकले यसअघि लाइभ अडियो र जिआइएफका लागि फिचर ल्याइसकेको छ । समाचार अनुसार फेसबुकको नयाँ पाइलट भर्सनसँग यो फिचर आउनेछ । अहिले यो भर्सन प्रयोगकर्ताका लागि उपलब्ध छैन ।

यस अघि सन् २०१५ मा फेसबुकले सेलिब्रेटीहरुका लागि लाइभ भिडियो फिचर सुरु गरेको थियो । पछि त्यसलाई एन्ड्रोइड र आइओएसमा पनि सुरु गरियो र अन्ततः डेक्सटपमा पनि फेसबुकले लाइभ फिचर थप गर्यो । नयाँ फिचरसँगै प्रयोगकर्ताले आफ्नो कुनै फेसबुक स्टोरीको साथमा पनि लाइभ गर्न सक्दछन् । त्यस बाहेक भिडियोलाई लाइभ र स्टोरी दुबै प्रकारले शेयर गर्ने विकल्प रहन्छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *