नयाँबजारमा पानी ट्याङकरले मिनी ट्रकलाई ठक्कर दिँदा दुई घाइते

काठमाडौं, साउन २५ । काठमाडौको नयाँबजारमा बुधबार बिहान साढे ५ बजेतिर बा २ ख ३६७६ नम्बरको पानी ट्याङकरले बा २ ख ८२५७ नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा मिनी ट्रक चालक, काठमाडौं स्वयम्भु बस्ने ३५ वर्षका ज्ञान बहादुर तामाङ र परिचालक २५ वर्षका आशिष मगर घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । पानी ट्याङकर चालक फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *