३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द

काठमाडौं, साउन २४ । खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ । विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३ सय ६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

दुई सय सात खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६ खानी उत्खनन प्रमाणपत्र नवीकरण र सात नयाँ खानीलाई उत्खनन प्रमाणपत्र प्रदान गरेको छ भने ८० खानीको वातावरणीय अनुगमन तथा निरीक्षण गरेको छ । प्रवक्ता झाका अनुसार खानी, वन तथा जिल्ला विकास समितिबीचमा ऐन कानूनका केही दफा बाँझिएका कारण खनिजजन्य उद्योग प्रवद्र्धन गर्न समन्वयको अभाव भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *