काठमाडौं उपत्यकामा तरकारीको भाउ बढ्यो

काठमाडौं, साउन २४ । काठमाडौं उपत्यकामा अधिकांश तरकारीको भाउ ह्वात्तै बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएअनुसार उपत्यकामा धेरैजसो तरकारीको मूल्य अहिले बढेको हो । समितिको तथ्यांकअनुसार बजारमा करिब दुई दर्जन तरकारीको मूल्य बढेको छ । ती तरकारीहरु एक हप्ताको अन्तरालमा प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ ।

परवरको प्रतिकिलो थोक मूल्य २० रुपैयाँ बढेको छ । गएको हप्ता प्रतिकिलो ३३ रुपैयाँ रहेको परवरको मूल्य आज बढेर ५३ पुगेको छ ।
त्यस्तै भिण्डीमा प्रतिकिलो थोक मूल्य १६ रुपैयाँ, लौकामा १५, सुकेको प्याजमा १५, पिंडालूमा १०, हरियो धनियमा १०, सानो गोलभेडामा ८ रुपैयाँ बढेको छ । ती तरकारीहरु बढेर क्रमश प्रतिकिलो थोक मूल्य ३८, ४८, ४९, ४८, १०५, ५३ रुपैयाँ पुगेको हो ।
आलु, स्थानीय काउली, मूला, घिउ सिमी, चिचिण्डो, रायो साग, तोरीको साग लगायत अधिकांश दैनिक उपभोग गरिने तरकारीको मूल्य बढेको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *