बलिउड नायक आमिर स्वाइन फ्लूबाट ग्रसित

२०७४ जेठ १५ गते

“
एजेन्सी । बलिउड नायक आमिर खान र उनकी श्रीमति किरण राव स्वाइन फ्लूबाट ग्रसित भएका छन् । भारतको पूणेमा ‘जल संरक्षणसँग’ जोडिएको कार्यक्रममा आमिर खान सहभागी हुने पक्का थियो । तर, बिरामीका कारण उनी सहभागी हुन सकेनन् ।
आमिरले भिडियो मार्फत नै आफू बिरामी भएको जानकारी दिएका थिए । ‘आज मेरा लागि खुसीको दिन हो तर, म दुःखी छु । मलाई तपार्इहरुसँग खुसी मनाउन मन थियो तर, सकिनँ ।’ आमिरले भनेका छन् कि-‘एच वन एन वन भाइरस अर्थात स्वाइन फ्लूबाट ग्रसित भएकाले म र किरण बाहिर निस्कन सक्दैनौ । हामीले एक हप्ता घरमै आराम गर्नुपर्ने छ ।’
आमिर खान कार्यक्रममा सहभागी हुन नसकेपछि उनको आग्रहमा नायक साहरुख खान सहभागी भएका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित