ताप्लेजुङमा पहिरोले एक घर विस्थापित, सात घर जोखिममा

ताप्लेजुङ, साउन २४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पहिरोका कारण एक घरका बासिन्दा विस्थापित भएका छन् भने सात घर उच्च जोखिममा परेका छन् । पहिरोले फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको थिवा बस्तीका डम्बरबहादुर लाबुङको परिवारलाई विस्थापित बनाएको हो ।

बस्ती नजिकै उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्ग सडक निर्माण गरिएकाले पहिरो बग्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोका कारण विस्थापित बन्नुभएका लाबुङका अनुसार दुई÷चार दिनदेखि निरन्तर वर्षा भएसँगै अहिले पहिरो बग्न थालेको हो ।

सडकको डिलमा रहेको थिवा बस्तीमा पहिरो बग्न थालेपछि सिंगो बस्ती पहिरोको जोखिममा परेको उहाँको भनाई छ । गएको शुक्रबारदेखि पहिरोले विस्थापित बन्नुभएका लाबुङ अहिले छिमेकीको शरण लिएर बस्दै आउनुभएकोे छ ।

यस्तै पहिरोले मोतीकुमार लाबुङ, तिलप्रसाद लाबुङ, गंगाबहादुर लाबुङ, नरमाया लाबुङ, खड्गबहादुर लाबुङ, छत्रबहादुर लाबुङ र पुनहाङ लाबुङको घर उच्च जोखिममा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *