मौसमको सूचना अब बेलुनबाट

काठमाडौं, साउन २४ । यथार्थ मौसमी सूचना अद्यावधिक गर्ने सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको छ ।

वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो ।

‘रेडियोसोन्ड’ जडान गरिएको बेलुनले आगामी तीन महिना पछि वायुमण्डलबाट मौसमी ततिविधि नियाल्ने जनाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्रिवि परिसर किर्तिपुरको ‘रेडियोसोन्स स्टेसन’बाट उडाइने बेलुनले अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *