जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली काँग्रेसको प्यानल बिजयी

सुर्खेत, साउन २३ । जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ ।आज भएको समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबबाट प्रमुखको उमेद्वार छविलाल सिग्देलसहितको प्यानलै विजयी भएको हो ।

समन्वय समितिको प्रमुखमा निर्वाचित सिग्देलले ११ मत प्राप्त गर्नुभयो भने उहाका निकटतम प्रतिस्पर्धी एमालेबाट प्रमुखका उमेद्वार टोप बहादुर रास्कोटीले ७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि उपाध्यक्षमा काँग्रेसकै देवि भट्टराई निर्वाचित हुनुभयो ।यस्तै महिला सदस्यमा काँग्रेसबाट उमेद्वार बन्नुभएका बालकुमारी पुन, रम्बाकुमारी विसी र पुर्णा चालिसे बिजयी हुनुभयो भने भने दलित अल्पसंख्यकमा पुसे कामी बिजयी हुनुभएको छ । अन्य सदस्यहरुमा तिर्थबहादुर रावत, बासुदेव शर्मा र वीरसिंह घर्ती निर्बाचित भएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।सुर्खेतका नौ स्थानिय तहमध्य ११ तहमा काँग्रेस, र ७ तहमा एमाले विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *