चार महिनामा कैलालीमा सर्पदंशबाट ११ जनाको मृत्यु

कैलाली, साउन २३ । गएको बैशाखयता कैलालीमा सर्पदंशबाट ११ जनाको मृत्यु भएको छ । १ सय ४७ भन्दा बढी व्यक्तिलाई सर्पले डसेको तथ्यांक छ । सर्पले टोकेका ५ जनाको उपचारको क्रममा, ५ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै र एक जनाको घरमा मृत्यु भएको हो ।

वर्षायाम शुरु भएसंगै अस्पतालमा सर्पदंशका बिरामी पनि बढेका छन् । सेती अञ्चल अस्पतालमा मात्रै अहिले दैनिक ४–५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका आकस्मीक कक्षका इन्चार्ज कृष्ण बोहोराले जानकारी दिनुभयो । वैशाखदेखि असारसम्म सेती अञ्चल अस्पतालमा सर्पदंशका ८१ जना बिरामी ल्याइएकोमा ३ जनाको उपचारका क्रममा र ४ जनाको अस्पताल नपुग्दै मृत्यु भएको उहाँले बताउनुभयो । साउन महिनाको हालसम्म अस्पतालकै सम्पर्कमा आएका तीन जनाको मृत्यु भएको इन्चार्ज बोहराले बताउनुभयो ।

गत वर्ष अञ्चल अस्पतालमा उपचारका लागि आएका २ सय १५ जना सर्पदंशका बिरामीमध्ये ७ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै मसुरियाको बढैपुरस्थित नेपाली सेनाको राष्ट्रिय विकास गणमा रहेको सर्पदङ्श उपचार केन्द्रमा वैशाखदेखि हालसम्म ७४ जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएका छन् । सावधानी अपनाए सर्पको डसाईबाट बच्न सकिने सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शेरबहादुर कमरले बताउनुभयो ।

समयमै उपचारका लागि ल्याएमा सर्पदङ्शका बिरामी बाँच्ने संभावना ९९ प्रतिशत हुने मेसु कमरले बताउनुभयो । सर्पले डसेको व्यक्तिलाई झारफुँकबाट घरमै निको पार्न खोज्ने, ढिलो गरी अस्पताल पु¥याउनेजस्ता मानवीय लापरवाहीले बाँच्ने सम्भावना हुँदाहुँदै बिरामीको मृत्यु हुने गरेको डाक्टर कमरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *