मेसी र रोनाल्डो जस्ता खेलाडीले मात्र मेरो कीर्तिमान भंग गर्न सक्छन्

एजेन्सी । इङ्लिस फुटबलका पूर्व कप्तान वायने रुनीले म्यानचेस्टर युनाइटेडमा आफूले बनाएको गोलको कीर्तिमान भंग गर्न क्लबमा कि लिओनल मेसी नभए क्रिस्टियानो रोनाल्डो जस्तै प्रतिभाशाली खेलाडी आउनु पर्ने दावी गरेका छन् ।

रुनी यही सिजन म्यानचेस्टर छोडेर आफ्नो पुरानो क्लब इभर्टन लागेका थिए । उनले १३ वर्ष म्यानचेस्टरबाट खेल्ने क्रममा बबी चाल्र्टनको कीर्तिमान भंग गर्दै २ सय ५३ गोल गरेका थिए, जुन ओल्ड ट्राफोडमा कुनै पनि खेलाडीको सर्वाधिक गोल हो ।

३१ वर्षीय रुनीलाई उनको कीर्तिमानको विषयमा पत्रकारले सोधेका थिए । जसको उत्तरमा उनले भने, ‘कसैलाई थाहा छैन् । यदी मेसी वा रोनाल्डो जस्ता खेलाडी क्लबमा भए, कीर्तिमान तोडिन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *