हृदयेश त्रिपाठीको इन्ट्रि: ‘ तपार्इहरुले ८० प्रतिशत भोट काट्न सक्नुहुन्छ ?’

काठमाडौं, साउन २२ । मधेसी ६ दलको पार्टी एकीकरणको समयमै असन्तुष्ट पोख्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता हृदयेश त्रिपाठीले आइतबारको बैंठकमा झोक्किए । ‘यस अघिको निर्वाचन पनि तपाईहरुले बहिष्कार गर्नुभो अब फेरि असोज २ गते हुने स्थानीय तहको निर्वाचन बहिस्कार गरे राजपाको साख समापत पार्दै हुनुहुन्छ हैन ।’

यसअघि बसेको केन्द्रको बैंठकमा अनुपस्थित भएका त्रिपाठी आईतबारबाट सुरु भएको राजपा केन्द्रीय समिति बैठकमा उपस्थित भई आफ्नो मन्तव्य दिँदै बाहिर सबैले राजपाको सबै कुरा दुनियाँले थाहापाएको खुलासा गरे । तपाईहरुलाई के थाहा ? पार्टीको ओजन’ दुनियाँलाई थाहा भैसकेको छ । अब यति हुदापनि नचेतिए पार्टीको अस्तित्व नामेट हुन्छ । पटक पटक चुनाव बहिष्कार गरेर हुँदैन कि ८० प्रतिशत भोट काट्न सक्नुपर्छ । अनि मात्र पार्टीले गरेको आन्दोलनको अर्थ रहन्छ । उनले भने ।

नेपाली जनतालाई पार्टीको एक एक जानकारी रहेका उनले बताए । ‘ देशमा पार्टीको ओजन थाहा भइसकको छ । त्यसैले पार्टीको कुनै क्षमता छैन भन्ने प्रष्ट भइसकेको छ । बरु, चुनावको तयारीमा लाग्नु नै भलो हुन्छ । सोच्नुस एकपटक फेरि । ’यसअघिको १,५ र ७ नम्बरको स्थानी तहको निर्वाचन बहिस्कार गरेर गल्ती गरेको भन्दै ‘ल ठीकै छ, त्यसवेला पार्टी नै दर्ता भइसकेको थिएन त्यहि भएर तपाइहरुले बहिष्कार गर्नुभयो, अव २ नम्बर प्रदेशको चुनावमा पनि त्यसो गर्नुभो भने इतिहासमा नभएको घटना घट्छ ।’

उनले यसो भनिरहँदा बैंठकमा उपस्थित मधेसी नेताहरु मुखामुख गरेको देखिन्थ्यौ । त्यति नै बेला त्रिपाठीले अर्काे प्रश्न तेर्साए‘अबप्रदेशसभा र केन्द्रीय संसदको चुनाव के गर्नुहुन्छ?’ ‘अब यो चुनाव पनि बहिस्कार गर्नुहोला,तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार गरेपछि राजपा सकिँदैन ?’ र्बैंठकमा उपस्थित भएका अध्यक्ष मण्डलका नेताहरु मुन्टो हल्लाइरहेका देखिन्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *