रेणुसँग झिनो मतले हार्दैमा राजनीति छाड्छु जस्तो लाग्छ !

काठमाडौं, साउन २२ । ‘तपार्इलाई के लाग्छ ? रेणु दाहाल म भन्दा दशौँ हजरौँ मतले जितेकी हुन र ! त्यसमाथि राज्य, अदालत, निर्वाचन आयोग लागिपरेको छ’ भरतपुर महानगरको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले आइतबार आफ्नो प्रतिक्रिया दिएका छन् । माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई जिताउन राज्य नै लागेको उनले आरोप लगाए ।

‘म दशौँ हजार मतले हारेको होइन । मलाई कुनै दुखेसो छैन । रेणुलाई मेयरको कुर्सिमा बसाउन राज्यका सबै तह नै लागेपछि कसैको सिप लागेन । अनेक षड्यन्त्र रचेर उनलाई जिताइएको छ । अब बाँकी दिनहरु हेर्नु नै छ ।’ उनले भने,‘ मतकै लागि राज्यले यति विध्न षड्यन्त्र रच्यो ।’

उनले भनेका छन्, रातारात पैसा बाँड्ने, भोट किन्ने लगायतका हतकण्डा गरेर मात्र चुुनाव जितेकी होइनन विदेशीहरु पनि संलग्न भएका छन् । उनले भने,’जतनाको मन जित्ने विजयी हुने हो, त्यो हामीले जितेका छौँ।’

अब, चुनावमा हारे पनि आफू भरतपुर र चितवनकै जनताको निमित्त काम गर्ने उनले बताए । रेणुसँग झिनो मतले पछि पर्दैमा मैले राजनीति छाँड्दिन ‘म राजनीतिमै हुन्छु । जिन्दगी भर मैले चितवन र यहाँको जनताको हितकै लागि काम गर्छु ।’

भरतपुरमा रेणु दहालले ४३ हजार १ सय २७ ल्याएकी थिइन् भने प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । रेणुले दुई सय ३ मत अन्तरले ज्ञवालीलाई पराजित गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *